Nic Ad Nic Ad
Nic Ad Nic Ad

संविधान संशोधनबारे ओलीको स्पष्टीकरण- देश र जनताको हितमा हुनेछ

आइतबार, साउन ६, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विकासको बाधक नभई वाहक हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

‘अहिले विकासको मुख्य तगारो अस्थिरता हो। अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ’, उनले भने, ‘हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ बाधक होइन ।’

विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुने उनले बताए ।

‘संविधान संशोधनका लागि हामीसँग दुईतिहाइ पुग्छ भने पनि हामी दुईतिहाइले नै गर्ने छौँ, त्यसअर्थमा सकेसम्म सबैले मिलेर संविधान बनाएका हौं । सबैले मिलेर संशोधन गरेका छौँ अहिलेसम्म’, उनले भने, ‘दुईपटक संविधान संशोधन भइसकेको छ । अर्को संशोधन पनि देशको हितमा गर्नेछौँ । जनताको हितको पक्षमा गर्नेछौँ, विकासको निम्ति गर्नेछौँ, सुशासनका निम्ति गर्नेछौँ, जनतालाई सेवा सुविधा उपलब्ध गराउन गर्नेछौँ । गलत बाटोतर्फ देशलाई धकल्न संविधान संशोधन गरिने छैन।’

उनले यस मामिलामा मलाई सिंगो देश एक हुने पनि विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्