Nic Ad Nic Ad
Nic Ad Nic Ad

संविधान संशोधन गर्दा दलहरूबीच सहमति र संवाद हुन्छ : देउवा

आइतबार, साउन ६, २०८१

 काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा दलहरूबीच संवाद र सहमति गर्ने कुरामा आफूहरू स्पष्ट रहेको बताएका छन्। 


आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्दै प्रतिनिधि सभाको रोष्ट्रमबाट उनले संविधान संशोधन गर्दा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गर्ने बताए। 


‘संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने छ। संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ,’ देउवाले भने। 

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबी सहमति अनुसार नेकपा एमालेका नेता केप शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा संविधानको धारा ७६ कोे २ अनुसार ओली प्रधानमन्त्री नियुक्त भएको उनले बताए।

उनले अघि भने, ‘देश विकासको लागि सबैभन्दा पहिला स्थिर  र मजबुत सरकार निर्माण गर्नु जरुरी छ। आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ।’ 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्