Nic Ad Nic Ad
Nic Ad Nic Ad

गणितले होइन चरित्रले देशलाई असर गर्‍यो : राजेन्द्र लिङदेन

आइतबार, साउन ६, २०८१

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणितको कुराले भन्दा दलका चरित्रका कारण देशलाई असर गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै उनले ठूला दलका चरित्रका कारण देश अस्थिरतातर्फ गएको बताए ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दल ओली प्रधानमन्त्री बन्दा सबैभन्दा धेरै खुसी भएको बताए ।

उनले २०७९ को निर्वाचनमा आफ्नो दल र एमाले मिलेर केही स्थानमा चुनाव लडेको स्मरण गराउँदै ओली प्रधानमन्त्री बन्दा आफू खुसी रहेको बताए ।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गराउँदै भविष्यमा आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने बताए ।

कांग्रेस र एमाले मिलेर बनेको यो सत्ता समीकरण अन्तिम रहेको बताउँदै उनले सबै दलबीच नवीन समझदारी हुन जरुरी रहेको बताए ।

संविधानका केही प्रावधान संशोधन गर्न जरुरी रहेको तर, समानूपातिक निर्वाचन प्रणाली र बहुदलीय व्यवस्थालाई परिवर्तन गर्न खोजिए राप्रपा सशक्त प्रतिवादमा उत्रिने उनले बताए ।

यसअघि दुईतिहाइको सरकार हुँदा पनि ५ वर्ष नचलेको उदाहरण दिँदै लिङ्देनले गणितले मात्रै स्थिरता नआउने बताए ।

त्यस्तै, कांग्रेस–एमालेले दुई दलीय व्यवस्था जसका लागि समानुपातिक निर्वाचन प्रणाली संशोधन गर्ने हल्ला रहेको भन्दै लिङ्देनले साना दललाई निषेध गरेर कस्तो देश बनाउने भनेर प्रश्न गरे ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्