Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘४ बजेसम्म कुरेँ कर्मचारी आएनन्, बिचौलियालाई ५ हजार दिएपछि तुरुन्तै काम भयो’

आइतबार, साउन ६, २०८१

काठमाडौँ- जनता समाजवादीका सांसद वीरेन्द्र महतोले बिचौलिया र भ्रष्टाचारले जरा गाडेको बताएका छन् । हालै मात्र आफूले ५ हजार रुपैयाँ घुस दिनु परेको उनले संसद्‌मै सुनाए ।

विश्वासको मत लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै जसपाका सांसद महतोले निजामती कर्मचारीको तलब निकै कम भएको बताए । तलब कम भएका कारण उनीहरूले घुस खाने गरेको भन्दै उनले भने, ‘म भूपू मन्त्री, मैले नै हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु ।’

उनका अनुसार छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे गएको छोरालाई त्यो मिलेन भनेर ३ बजेसम्म काम नगरिदिएको उनले बताए ।

‘म आफैँ गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भन्यो’ त्यसपछि चिया खाने समय भयो भन्दै बाहिर गएको भन्दै उनले भने, ‘४ बजेसम्म कुरेँ (कर्मचारी) आएनन्, म गएर बिचौलियालाई ५ हजार दिएँ, ५ मिनेटमा काम भयो ।’

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्