Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेश प्रमुख शर्माद्वारा सरकार गठनको आह्वान

आइतबार, साउन ६, २०८१

काठमाडौँ- बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।

काँग्रेस-एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकार ढलेको हो ।

बागमतीमा अब नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्