Nic Ad Nic Ad
Nic Ad Nic Ad

चित्रबहादुरले भने- प्रदेश खारेज गरौँ, जनतालाई भार नदिऔँ

आइतबार, साउन ६, २०८१

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । उनले नयाँ सरकारमा सामेल नहुने पनि बताए ।

उनले आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत दिन राखेको प्रस्तावमा बोल्नै उनले यस्तो बताए ।

उनले भने, ‘सहकारी ठग र भ्रष्ट्राचार जनताबाट नभएर नेताबाट भएको भन्दै साधारण जनता ठुला व्यक्तिबाट ठगिएको बताए । राष्ट्रिय जनमोर्चाले समर्थन गर्दैनौँ । के देखेर बारम्बार साथीहरू समर्थन गर्नुभएको छ । सरकारमा झुन्डिन पाइन्छ कि भ्रष्ट्राचार गर्न पाइन्छ कि भनेर होला ।’

उनले कस्तो खालको संविधान संशोधन गर्ने निश्चित हुनुपर्ने बताए । उनले भने, ‘प्रदेश खर्चिलो भयो खारेज गरौँ । मैले त पहिलेबाट भनेको हो । जनतालाई भार नथोपरौँ ।’

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्