Nic Ad Nic Ad
Nic Ad Nic Ad

माधव नेपाललाई प्रधानमन्त्रीको जवाफ : परार बनेको पार्टीले संविधानको चिन्ता लिनु पर्दैन

आइतबार, साउन ६, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको दाबी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको रक्षा सदैव आफ्नो प्राथमिकतामा रहेको बताए ।


प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संविधानको चिन्ता नलिन आग्रह गरे ।

‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौँ । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस्’, उनले नेपाललाई भने ।


यसअघि आइतबार नै संसद्‍मा बोल्ने क्रममा अध्यक्ष नेपालले ओलीबाट संविधानमा खतरा रहेको बताएका थिए । त्यसको जवाफ दिँदै ओलीले चिन्ता नगर्न भनेका हुन् ।

ओलीले सम्बोधनका क्रममा भ्रष्टाचार हुन नदिने बताए । आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने उनले बताए ।

‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’, उनले भने,‘मैले जीवन भ्रष्टाचार गरेको छैन, आज पनि गर्दिनँ भोलि पनि गर्दिनँ । म फेरि भन्छु भ्रष्टाचार म गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ ।’

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्