Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक सय रुपैयाँका ३० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

आइतबार, साउन ६, २०८१

 नेपाल राष्ट बैंकले रु. १०० दरका ३० थान नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले रु.१०० दरका नयाँ नोट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। आज एउटा सूचना जारी गर्दै राष्ट्र बैंकले १०० दरका नयाँ नोट प्रचलनमा ल्याउन छाप्न लागिएको जानकारी गराएका छन्।

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ। इच्छुक आपूर्तिकर्ताले आउँदो सेप्टेम्बर ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नेछन्।  प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १५० अमेरिकी डलर, १४० युरो वा १२० पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्