Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोमबार चीन जाँदै परराष्ट्र सचिव लम्साल 

आइतबार, साउन ६, २०८१

काठमाडौँ - परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल सोमबार चीन जाने भएकी छिन् । चीनको कुनमिङमा हुने पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चमा भाग लिन उनी सोमबार त्यहाँ जान लागेकी हुन् ।   

परराष्ट्र मन्त्रालयका अनुसार सो मञ्चमा विदेश सचिव लम्सालले असार ९ गते आफ्नो मन्तव्य राख्ने छिन् । परराष्ट्र सचिव लम्सालले कुनमिङमा हुने पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चको कार्यक्रममा उच्चस्तरीय साइडलाइन दुई पक्षीय वार्ताहरू गरिने जनाइएको छ ।

सचिव लम्साल साउन १२ गते फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्