Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

आइतबार, साउन ६, २०८१

काठमाडौँ- श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी-२० महिला क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध पाकिस्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो । पाकिस्तानलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलको यात्रा तय गर्नेछ । यो खेलमा पाकिस्तान विजयी भएमा भने अन्तिम चरणका खेलले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्