अब स्नातक तहको चौथो वर्षमा पनि मौका परीक्षा दिन पाइने
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्यवस्था गर्ने भएको छ ।
स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ । विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको त्रिविको भनाई छ । आगामी वर्षदेखि लागू हुने गरी प्राज्ञिक परिषद्ले निर्णय गरेको बताइएको छ । त्रिविले त्यस्ता विद्यार्थीका लागि चौथो वर्षको नतिजा आएको एक महिनाभित्र मौका अथवा पूरक परीक्षा सञ्चालन गर्नेछ ।
अहिलेसम्म सेमेस्टर प्रणालीमा मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १९:३७
प्रतिक्रिया दिनुहोस्