Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला एसिया कप : जित्नैपर्ने खेलमा मंगलबार नेपालको भिडन्त भारतसँग

सोमबार, साउन ७, २०८१

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले मंगलबार जित्नै पर्ने खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ। भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ। अघिल्लो चरण प्रवेशका लागि भारतमाथि जित निकाल्नैपर्ने दबाब छ। समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन।

समुह चरणको अन्तिम खेल नेपालले भारतसँग श्रीलंकाको डम्बुला मैदानमा मंगलबार साँझ ७:१५ बजे खेल्नेछ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्