Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारी कर्मचारीले महँगीअनुसार तलब पाउने

सोमबार, साउन ७, २०८१

काठमाडौँ - गर्मीयाममा बेलायतले सरकारी कर्मचारीलाई महँगीअनुसार तलब दिने भएको छ ।

बेलायतको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मे र जुनमा बेलायतमा महँगी २ प्रतिशत थियो । तलब समीक्षा गर्ने स्वतन्त्र निकायले शिक्षक र एनएचएसका केही कर्मचारीको तलब साढे ५ प्रतिशतले बढाउन पर्छ भन्ने सिफारिस गरेको थियो । त्यसै अनुसार सरकारी कर्मचारीलाई बेलायत सरकारले कर्मचारीलाई तलब बढाउने निर्णय गरेको अर्थमन्त्री रशेल रिभ्सले बताइन् ।


डाउनिङ स्ट्रिटमा आफ्नो पहिलो अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘हाम्रो विद्यालय र अस्पताल अनि प्रहरी सेवामा काम गर्ने सरकारी कर्मचारीलाई म साँच्चै मान्दछु ।’ आफ्नो खर्च योजना ‘नन–नेगोशियबल’ भएकोमा जोड दिँदै रिभ्सले आफूहरूले उपर्युक्त तरिकाले तलब बढाउने बताएकी छिन् । मानिसहरूले अब धेरै कुर्नु नपर्ने भन्दै अर्थमन्त्रीले यही महिना सरकारी कर्मचारीको तलब बढाउने निर्णय गर्ने वाचा पनि गरिन् ।

ऋषि सुनक नेतृत्वको अघिल्लो सरकारले कठोर खालको निर्णयहरू गर्न नसकेर निर्वाचनको घोषणा गरेको अनि भागेको उनको आरोप छ । शिक्षकहरूको तलब बढाउने निर्णय अघिल्ला शिक्षा सचिवको डेस्कमै थियो तर निर्णय नगरिएको रिभ्सको भनाई छ ।

रिभ्सका पूर्ववर्ति जेरेमी हन्टले भने कोरोना भाइरसको महामारीको समयमा अघिल्लो सरकारले निकै कठिन निर्णयहरू गरेको बताएका छन् । कर बढाउने बाहाना बनाइरहेको आरोप पनि उनले रिभ्समाथि लगाएका छन् ।

सरकारले शिक्षक र एनएचएसका केही कर्मचारीको तलब साढे ५ प्रतिशतले बढाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्