Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीमा माओवादीका चार मन्त्रीले राजीनामा दिंदै

सोमबार, साउन ७, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले कर्णाली प्रदेश सरकारबाट राजीनामा दिने भएका छन् । सरकारमा सहभागी माओवादीका चार मन्त्रीहरूले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा दिन लागेका हुन् ।


एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी छन् ।

केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन लागेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।

योसँगै कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा थियो ।


 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्