Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ

सोमबार, साउन ७, २०८१

 काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत अमृता कोइरालालाई नियन्त्रणमा लिएको छ ।

लेखा अधिकृत कोइरालाले औषधी आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग नगद एक लाख ५० हजार र ४ लाख ५० हजार रुपैयाँको चेक लिएको अवस्थामा भरतपुर महानगरपालिका–४ कटहर थोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्