Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिराटनगरको नर्सिङ होममा उपचार गराइरहेका बरिष्ठ कलाकार हरिवंश आचार्यलाई के भएको थियो?

सोमबार, साउन ७, २०८१

मोरङ– कार्यक्रमका दौरान बिराटनगर पुगेका ‘मह’ जोडीका हरिबंश आचार्यको नाकबाट रगत बगेपछि अस्पताल पुगेका थिए। उच्च रक्तचापका कारण समस्या आएको भन्ने ठानिए पनि त्यसो नभएको बरिष्ठ कलाकार आचार्यले जानकारी दिएका छन्। 

सामाजिक सञ्जालमा उनी लेख्छन्–

शनिबार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाई र म बिराटनगर आएका थियौं।

अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोशी अस्पाताल पुगें र त्यहाँबाट बिराट नर्सिंङ होमको इएनटी डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अबस्थामा छु। अस्पताल पुग्दा मेरो ब्लड प्रेसरहरु सामान्यै थिए।

धेरैलाई उच्च रक्तचापका कारण होकि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नशा फुटेको रहेछ र त्यसलाई टाल्ने काम भईसकेको छ। अहिले सामान्य अबस्थामा स्वास्थलाभ गरीरेको छु।

उपचारको क्रममा बिराट नर्सिङ होम परिवार, डा. राजिब शाहको चिकित्क टिमलाई धन्यबाद दिन चाहन्छु।

मेरो स्वास्थ्यप्रति चासो ब्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिकमत कार्कि ज्यूप्रति आभारी छु। हिमशिखर उद्योग प्रालिका आदरणीय सदस्यज्युहरु र कर्मचारीज्युहरुले गर्नुभएको माया, सद्भाव र सहयोगप्रति आभारी छु।

देश बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनी र सम्पूर्ण पत्रकार जगतलाई मेरो स्वास्थ्यप्रति यति धेरै सद्भाव प्रकट गरिदिनु भएकोमा आभारी छु।


 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्