Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित

सोमबार, साउन ७, २०८१

काठमाडौं- सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको बताए ।

अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

‘बिहान बेलुका राम्रै रहेको तर दिउँसो लोड बढेपछि समस्या आउने गरेको जानकारी आएको छ । तर के हो प्राविधिकहरूले काम गरिरहेका छन्’ विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने । तर यता सर्भर डाउन भएर काम नहुँदा लाखौं सेवाग्राहीहरू समस्यामा परेका छन् । सवारी जाँचपास, दर्ता तथा नवीकरणका लागि समस्या भोग्नुपरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्