Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुष्पलाललाई श्रद्धाञ्जली दिनेक्रममा एमाले सांसदले प्रचण्डको नाम लिएपछि…

सोमबार, साउन ७, २०८१

काठमाडौं- प्रतिनिधि सभा बैठक जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुले प्रश्नोत्तर गने कार्यसूची रहेको छ ।

एमाले सांसद साहले नपाल कम्युनिष्ट पार्टीका संस्थापन महासचिव पुष्पलाल श्रेष्ठको ४६औं जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धाञ्जली दिँदा पुष्पलाल भन्नुपर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिन पुगेका थिए । साहको सो अभिव्यक्तिपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए ।

‘उहाँ माननीयले बोलको कुरामा म नियमापत्ति जनाउन चाहान्छु । उहाँले पुष्पलालको ठाँउमा पुष्पकमल दाहालको नानम लिनुभयो । के भन्न लागुनभएको हो’ उनले भने । पाण्डेले यसो भनेपछि सभामुख देवराज घिमिरेले सो विषयमा प्रष्ट पार्न निर्देशन दिए । त्यसपछि साहले आफूले पुष्पलामल भन्नुपर्नेमा पुष्पकमल भनेको भन्दै सच्याएको जानकारी दिए ।

कार्यसूचीमा प्रवेश गर्ननुअघि सांसदहरुले आकस्मिक समयमा आफ्नो धारणा राखिरहेका छन् । आकस्मिक समयमा बोल्नेक्रममा एमाले सांसद किरण साहले बोलेको कुरामा नेकपा माओवादी केन्द्रका सांसदले नियमापत्ति जनाएका छन् ।

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्