Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन : प्रधानमन्त्री ओली

सोमबार, साउन ७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महसुल विवादका कारण लाइन काटिएका उद्योगहरूबारे सरकारको बचाउ गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा पनि उनले स्पष्टीकरण दिँदै आफूलाई कुनै सेटिङको लोभ नभएको बताएका हुन् ।

कतिपय सांसदले आफूले आइतबार आफूले दिएको जवाफबारे गलत ब्याख्या गरेको भन्दै प्रधानमन्त्रधी ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा झुटको खेती नगर्न आग्रह गरे । उनले तथ्य र प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन पनि भने ।

उद्योगहरूबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले लिने उनले बताए । तर प्रयोग नगरेको विद्युत महसुल तिर्नुनपर्ने प्रधानमन्त्री ओलीको जवाफ थियो ।

‘मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनतका हितका पक्षमा निष्ठाका साथ छ दसकदेखि काम गर्दै आएको छु’, उनले भने, ‘अब पनि त्यही गर्छु । मैले उद्योगहरूले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्न अरुमाथि आरोप लगाएर सदनको गरिमा रहँदैन ।’

उनले आफू प्रधानमन्त्री भएकोमा कसैलाई मन नपर्नु स्वभाविक भएको बताए । ‘कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिक रुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस्’, उनले भने ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्