Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वार्थको द्वन्द्वसम्बन्धी कानून तत्काल निर्माण गर्नुपर्छ : योगेश भट्टराई

सोमबार, साउन ७, २०८१

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानून तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

samridhi jewllers

सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानून निर्माणमा सरकारले ढिलाइ गर्न नहुने उनको तर्क थियो ।सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सचिव भट्टराईले राजनीतिलाई पारदर्शी बनाउन, स्वच्छता निर्माण गर्न र न्यायसम्मत ढंगले काम कारबाही अघि बढाउन पनि सरकारले सो कानून निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

उनले सो कानून नेपाल कानून आयोगले बनाएर कानून मन्त्रालयमा बुझाएको उल्लेख गर्दै त्यसलाई तत्काल संसदमा पेश गर्न पनि सरकारलाई सचेत गराए ।

सचिव भट्टराईले भने, ‘आज म यो स्वार्थको द्वन्द्वसम्बन्धी कानून निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सार्वजनिक पदधारण गरेका व्यक्तिहरूले र उनीहरूको पेसा जोडिएको विषयमा विगत समयदेखि पटक-पटक यस्ता विषय उठिराखेका छन । राजनीतिक नेतृत्व, सांसद, मन्त्री, प्रधानमन्त्री, संवैधानिक निकाय, सुरक्षा निकाय, न्यायाधीशलगायतको बारेमा पनि यो कुरा उठेको छ । के गर्न हुने, के गर्न नहुने, कस्तो विषयमा नियुक्ति लिन हुने, कस्तो विषयमा नहुने रु यस्ता विषय गम्भीरताका साथ उठेका छन् । नेपाल भ्रष्टाचारसम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिको पक्ष राष्ट्र हो । हालै सर्वोच्च अदालतले पनि द्वन्द्वसम्बन्धी कानून निर्माण गर्न निर्देशन गरेको छ ।’

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्