Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् समावेशी भएन : सांसद यादव

सोमबार, साउन ७, २०८१

काठमाडौँ- नेपाली काँग्रेसकी सांसद मुक्ताकुमारी यादवले मन्त्रिपरिषद् समावेशी बनाउन नसकेको भन्दै नेतृत्वको आलोचना गरेकी छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले २०१५ सालको सरकार समावेशी रहेको स्मरण गरिन् । ‘२०१५ सालमा वीपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो । तर अहिलेको यो सरकार समावेशी छैन । नेतृत्व समावेशी बनाउन चुक्नुभएको छ,’ उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्