Nic Ad Nic Ad
Nic Ad Nic Ad

झिनो अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब नजिक

सोमबार, साउन ७, २०८१

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  सोमबार झिनो अंकले बढेको छ । आज बजारमा करेक्सन आएसँगै नेप्से झिनो अंकले बढेको हो । निरन्तर बुल ट्रेन्डमा रहेको बजारमा आज निकै उतारचढाव देखिएको थियो ।   

आज नेप्सेमा देखिएको उतारचढाव नेप्सेको करेक्सनको रुपमा लगानीकर्ताले हेरेका छन् । आज नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको छ । आज नेप्से झिनो अंकले बढेको भएपनि सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने घटेको छ । 

आज ३०९ वटा कम्पनीको शेयर कारोबार हुँदा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने अन्य ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी शेयर मूल्य समूहमा उत्पादन समूह परेको छ । उत्पादन समूह आज एकै दिन १६०.०७ अंकले बढेर ७५४२.५८ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी विकास बैंक समूहको शेयर मूल्य घटेको छ । विकास बैंक समूह आज एकै दिन ३१.५८ अंकले घटेर ४९४५.२८ विन्दु कायम भएको छ । सबैभन्दा कम इन्भेष्टमेन्ट समूह घटेको छ । उक्त समूह ०.४२ अंकले घटेर ९०.१७ विन्दुमा कायम भएको छ । 

सोमबार ११५ वटा कम्पनीको शेयर मूल्य बढ्दा करिब १४ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्