Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिशूलीमा हराएका बस र यात्रुको खोजी जारी

सोमबार, साउन ७, २०८१

काठमाडौं गृह मन्त्रालयले चितवनको सिमलतालबाट बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी कार्य सोमबार ११ औं दिन पनि जारी रहेको जनाएको छ। 

मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सोमबार पनि बेपत्ता बस र यात्रुहरुको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।  

उनले वक्तव्य जारी गरेर भनेका छन्, ‘भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिङ्ग सडकखण्डको सिमलतालमा गेग्रान बहावले बगाई त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११ औं दिन पनि खोजी कार्य भइरहेको छ ।’

प्रवक्ता भट्टराईका अनुसार सोमबार सिमलतालबाट साढे ३ किलोमिटरको दूरीमा रहेको घुमाउनेदेखि देवघाटसम्मको १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको छ । 

उनकाअनुसार आइतबार उद्धार टोलीले सेनार क्यामेरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिव ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिव १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको थियो ।

खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बलबाट १२ जनाको प्राविधिक टोली नेपाल आएको छ । शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति चितवन र भारतीय प्राविधिक टोलीको संयुक्त बैठकपछि आइतबार बिहानबाट खोजी कार्य सुरु भएको थियो ।

प्रवक्ता भट्टराईले घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएका छन् । भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको उनले बताए । 

सनाखत भएका शवमा १६ वटा पुरुष र २ वटा महिलाको छ भने सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् । ५ वटा शवहरु भारतीय नागरिकका रहेका प्रवक्ता भट्टराईले बताए ।

450941280_1172747537304919_6679951127794235326_n-1721644480.jpg
 

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्