Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीका ८०२ कार्यालय शौचालयविहीन

सोमबार, साउन ७, २०८१

काठमाडौँ- नेपाल प्रहरीका ८०२ युनिट (कार्यालय) शौचालयविहीन छन् । देशभर नेपाल प्रहरीका २ हजार ६६० प्रहरी इकाई तथा कार्यालयहरूमध्ये ८०२ प्रहरी इकाई अहिलेसम्म पनि शौचालयविहीन रहेका छन् ।

प्रहरी इकाई शौचालयविहीन हुँदा त्यहाँ कार्यरत प्रहरी कर्मचारीले सास्ती खेप्नुका साथै दैनिक काम कारबाहीमा समेत बाधा पर्ने गरेको छ । शौचालय नहुँदा प्रहरी कर्मचारीलाई सास्ती खेप्नु परेको गुनासो उनीहरूको छ। प्रहरीको रिर्पोटअनुसार दुर्गम क्षेत्रका प्रहरी चौकीहरूमा तथा व्यक्तिको घरमा अस्थायी रूपमा बसेका चौकीहरूमा विशेष गरी यो समस्या देखिएको छ । शौचालय नहुँदा छिमेकीको शौचालयमा शौच गर्न जानु पर्ने बाध्यतामा प्रहरीहरू छन् ।

त्यसैगरी ८३३ प्रहरी इकाईहरूमा मेस नै भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले देशभर संकलन गरेको रिपोर्ट अनुसार देशभरका २ हजार ६६० प्रहरी इकाईहरू मध्ये ८३३ इकाईहरू मेसविहीन छन् ।

१ हजार ४२ प्रहरी इकाई जग्गाविहीन छन् । आफ्नो कार्यालय नै नभएका प्रहरी इकाईको संख्या ७९१ छ भने ब्यारेक नभएका प्रहरी कार्यालयको संख्या ८४३ रहेको प्रहरीले जनाएको छ ।

३७० प्रहरी कार्यालयहरू भने अहिले पनि भाडामा सञ्चालन भइरहेका छन् । ४२१ प्रहरी कार्यालयहरू भने अन्य निकायको भवनमा आश्रित रही सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्