Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

सोमबार, साउन ७, २०८१

काठमाडौँ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश भएको थियो ।

एमालेका २९ तथा काँग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्