Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले दर्ता गरायो विपद् व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव (पूर्णपाठ)

सोमबार, साउन ७, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारीबारे संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।

रास्वपा सांसद तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, गणेश पराजुली, असिम शाह, विराजभक्त श्रेष्ठ, निशा डाँगी र विन्दवासिनी कंसकार समर्थक रहेको प्रस्ताव सोमबार सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको हो ।

प्रस्तावमार्फत उनीहरूले जनताको जीवन सुरक्षाको दायित्व बहन, मौलिक हक–अधिकार निश्चित गर्नुपर्ने, आकस्मिक स्वास्थ्य सङ्कटको अवस्था हुन सक्ने भन्दै त्यसबारे संसद्‌मा छलफल गर्नुपर्ने कारण खुलाएका छन् ।

 पूर्णपाठ :

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्