Nic Ad Nic Ad
Nic Ad Nic Ad

८ हजार १९७ जना विद्यार्थी छात्रवृत्ति परीक्षामा उत्तीर्ण : पुनर्योगका लागि ३ दिन अवधि

सोमबार, साउन ७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नतिजाको योग्यता क्रम  http://entrance.kathmandu.gov.np  मा गएर रोल नं, जन्म मिति र पासवर्ड राखेर (प्रवेश पत्र लिन अपनाइएको विधि अपनाएर) प्राप्ताङ्क र योग्यता क्रमको स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिन्छ । 

छात्रवृत्तिका आवेदक ११ हजार ८७१ जना विद्यार्थीमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो ।  विज्ञान विषयका लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसका लागि आवेदकको संख्या ८ हजार ४९७ थियो । परीक्षामा ७ हजार ६६५ जना सहभागी हुनुभयो । ६ हजार ७२० जना उत्तीर्ण भए ।  व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ आवेदकमध्ये २ हजार ५८१ जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए । यस विषयका २ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।  कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाले आवेदन दिए । १३२ जनाले परीक्षा दिए । ७३ जना उत्तीर्ण भए ।  मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाले आवेदन दिए । आवेदकमध्ये ११ जनाले परीक्षा दिए। यस विषयका लागि ८ जना उत्तीर्ण भए । 

शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ आवेदकमध्ये तिए । ३२ जनाले परीक्षा दिए । उनीहरुमध्ये १५ जना उत्तीर्ण भए ।  साउन ४ गते भएको परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए ।  योग्यता क्रम निर्धारणका गर्दा उच्च अङ्क प्राप्त गर्नेलाई योग्यताको पहिलो क्रममा राखिएको छ । यो अङ्क बराबर प्राप्त भएकाहरुका हकमा एसईईको जिपीएलाई आधार मानिएको छ । जिपीए पनि बराबर भए गणित विषयको अङ्क, त्यो पनि बराबर भए विज्ञान विषयको अङ्क, त्यो पनि बराबर भए अंग्रेजी विषयको अङ्क, त्यो पनि बराबर भए सामान्य ज्ञानको अङ्कलाई योग्यताको सूचक मानिएको थियो । यो पनि बराबर भए उमेरमा कनिष्ठ हुनेलाई प्राथमिकता दिइएको थियो । योसम्म पनि बराबर भए छात्रवृत्ति समितिको निर्णय अन्तिम हुने पद्धतिका आधारमा योग्यता क्रम निर्धारण गरिएको शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

विज्ञान विषयका लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसका लागि आवेदकको संख्या ८ हजार ४९७ थियो । परीक्षामा ७ हजार ६६५ जना सहभागी भए । ६ हजार ७२० जना उत्तीर्ण भए । व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ आवेदकमध्ये २ हजार ५८१ जनाले आवेदन दिए । उनीहरुमध्ये २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए । यस विषयका २ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाले आवेदन दिए । १३२ जनाले परीक्षा दिनुभयो । ७३ जना उत्तीर्ण भए । मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाले आवेदन दिए । आवेदकमध्ये ११ जनाले परीक्षा दिनुभयो । यस विषयका लागि ८ जना उत्तीर्ण भए । शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ आवेदकमध्ये भए । ३२ जनाले परीक्षा दिए । उनीहरुमध्ये १५ जना उत्तीर्ण भए ।

नतिजामा दावी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्ताङ्कमा चित्त नबुझे वेभ साइटमा उपलब्ध अनसूची ३ बमोजिमको फाराम भरेर साउन १० गते बेलुका ५ बजेभित्र अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन सकिनेछ ।   

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्