Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्यालय तहको पाठ्यक्रम संशोधन गर्नुपर्छ : शिक्षा मन्त्री भट्टराई

सोमबार, साउन ७, २०८१

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहको पाठ्यक्रमलाई संशोधन गर्नुपर्ने बताएकी छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले पाठ्यक्रमलाई लैंगिक हिसाबले समायोजन गर्न संशोधन गरेर अघि बढ्ने बताएकी हुन् । 

उनले शिक्षालाई प्रविधिमैत्री बनाउने विषयमा समेत ध्यान दिन जरुरी रहेको बताइन् ।

शिक्षामन्त्री भट्टराईले शिक्षा र राजनीति जोडिन नसक्दा शिक्षाको क्षेत्रमा सुधार हुन नसकेको बताइन् । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्