Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ उपत्यकाका नदीमा जलसतह उच्च, सतर्कता अपनाउन आग्रह

मंगलबार, साउन ८, २०८१

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेको जनाएको छ। महाशाखाका अनुसार गएराति काठमाडौँ उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपासमा ठूलो वर्षा भएकाले नदीहरुको जलसतह बढेको हो ।

अहिले बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ भने बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। यो अझै बढ्दो क्रममा रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।


महाशाखाले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जानकारी दिएको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ। डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।


 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्