Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमतीमा भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय ?

मंगलबार, साउन ८, २०८१

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेश सरकारमा आज दाबी पेश गर्दैछन् ।

मन्त्रालय भागबण्डा नमिल्दा सोमबार मुख्यमन्त्रीमा लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो । तर, कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएसँगै लामाले बिहान ११ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।

निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार दिबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको नेता लामाले बताए ।

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने सहमति भएकाे छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्