Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनमा मरेको अवस्थामा गैंडा फेला 

मंगलबार, साउन ८, २०८१

चितवन - चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।

गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।


 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्