Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बर्थिङ सेन्टर’मा तालाबन्दी

मंगलबार, साउन ८, २०८१

सिमकोट (हुम्ला) -  जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर)मा तालाबन्दी गरिदिएको छ । 

दुई कोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई रु छ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला गलाइदिएको बताइएको छ  । 


 विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो । अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए । ‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँदासम्म ताला नखोलिने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्