बागमतीमा एमालेले टुङ्ग्यायो ६ मन्त्रीको नाम
काठमाडौँ- नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
एमालेले काठमाडौँका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो । नाम टुङ्गो लागेका प्रकाश श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् । प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री थिए ।
बागमतीमा काँग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नेछन् ।
निवर्तमान मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ १२:१७
प्रतिक्रिया दिनुहोस्