Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक वर्षमा पौने तीन अर्बको छुर्पी निर्यात

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- एक वर्षमा नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ निर्यात गरेको छ ।

नेपालले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको हो ।

नेपालले आर्थिक वर्ष २०८०/८१ भर कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । नेपालबाट विदेशमा वस्तु निर्यात गर्नेको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि नेपालबाट बढी निर्यात हुने वस्तुहरूको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो ।

नेपालबाट सबैभन्दा बढी कुकुरलाई खुवाउने आहार ‘डग च्यू’ निर्यात अमेरिकामा हुने गरेको छ । डग च्यू विदेशी मुलुकहरूमा कुकुर बिरालोको आहाराका रूपमा निर्यात गर्ने गरिन्छ । नेपालबाट निर्यात हुने वस्तुमा अहिले सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाई रहको छ । छुर्पी व्यापारीहरूले पनि नेपालबाट हुने निर्यातले निकै राम्रो वृद्धि लिने आंकलन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्