भारतीय बजेट : बिहारमा कोशीको बाढी नियन्त्रण र सिँचाइ परियोजनालाई ११ हजार ५ सय करोड
काठमाडौँ- भारत सरकारले कोशी नदीको बाढी नियन्त्रण र सिँचाइ परियोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ बजेट छुट्याउने भएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार भारतीय संसद्मा बजेट प्रस्तुत गर्ने क्रममा कोशीको बाढी नियन्त्रण सरकारको प्राथमकितामा रहेको बताएकी हुन् ।
कोशी नदीको बाढीले बिहार निरन्तर ग्रस्त रहेको उल्लेख गर्दै अर्थमन्त्री सीतारमणले क्षतिको अध्ययन गर्नका लागि काम थालिने बताएकी छिन् ।
त्यस्तै नेपालमा बाढी नियन्त्रणका लागि संरचना निर्माण बाँकी नै रहेको र त्यसमा भारतले सरकारले सहयोग गर्ने पनि उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ १२:५९
प्रतिक्रिया दिनुहोस्