Nic Ad Nic Ad
Nic Ad Nic Ad

५ हजार रुपैयाँ घूस दिएको पूर्वमन्त्रीको अभिव्यक्तिमाथि सभामुखसँग रुलिङ माग

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोको भनाइमा रुलिङको माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग यस विषयमा रुलिङका लागि आग्रह गरे ।‘तत्काल सम्बन्धित मन्त्रीलाई गृह मन्त्री र प्रधानमन्त्री उपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु’ उनले भने ।

यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए ।

यस्तो विषयमा संसदमा प्रस्तुत भएपछि सभामुखले नै रुलिङ गर्ने अपेक्षा गरेको तर त्यो रुलिङ नभएपछि आफूले रुलिङको माग गर्नुपरेको उनले बताए ।

‘५ हजारका कुरा के हो ? यो भ्रष्टाचार हो कि होइन ? यसलाई नजरअन्दाज गर्न मिल्दैन,’ सांसद केसीले भने ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्