Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिहानैदेखि राष्ट्रिय परिचयपत्र बनाउने काम ठप्प

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँमा राष्ट्रिय परिचयपत्र बनाउने काम ठप्प भएको छ ।

बिहानैदेखि सर्भरमा समस्या आउँदा परिचयपत्र बनाउने सेवा ठप्प भएको सहायक प्रमुख जिल्ला अधिकारी
एवं सूचना अधिकारी माधव प्रसाद ढुङ्गाना जानकारी दिए ।

सर्भर ठप्प हुँदा बिहानैदेखि सेवा अवरुद्ध भएको छ । सेवाग्राही लाइनमा बसिरहेका छन् । अहिले समस्या समाधान गर्ने प्रयास भइरहेको काठमाडौँ प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्