Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी हुँ भन्दै रकम माग्ने पक्राउ

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री रहेका छन् । क्षेत्रीले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरूसँग रकम माग गरेको पाइएको कास्कीका एसपी मोहनकुमार थापाले बताए । ‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईँहरूको केही काम छ भने भन्नुहोस् गरिदिन्छु,’ भनी रकम माग गरेको भन्ने सूचनाको आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले आइतबार पोखराकै लामाचौरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्