Nic Ad Nic Ad
Nic Ad Nic Ad

भुटानी शरणार्थी र गिरीबन्धु भनेर हामीसँगै बसेर कराउने दिन नआओस् : ज्ञानेन्द्र शाही

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा हुनेहरूलाई धमाधम भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् ।

samridhi jewllers

प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तापक्षमा हुँदा केही नगर्ने प्रतिपक्षमा आएपछि भ्रष्टाचारको फाइल खोल्ने कुरा नगर्न आग्रह गरे ।उनले काँग्रेस एमालेलाई लक्षित गर्दै भने, ‘अहिले तपाईँहरू सरकारमा हुनुहुन्छ, भोलि तपाईँहरूको दिन नआओस्, फेरि भुटानी शरणार्थी, गिरीबन्धु, टेरामक्स, ओम्नी, एनसेल, मेलम्चीलगायतका काण्ड भनेर हाम्रो सँगसँगै बसेर कराउने दिन नआओस् । काम गर्नुस् ।’

उनले सदनमा तिम्रा फाइल बन्द गरेर हाम्रा किन खोल्छौँ भनेर सदनमा जुहारी चलेको उनको भनाइ छ । सत्तापक्ष र प्रतिपक्ष जो भए पनि भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गर्न माग गरे ।

यस्तै, उनले कैलालीको धनगढी उपमहानगरपालिका ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिएर चर्च बनाइएको बताए।

उनले भने, ‘वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो। र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्। धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन।’

झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन नपाइने उनको भनाइ छ। धर्म प्रचार गर्न दुई कोरियन नागरिक हिँडिरहेको उल्लेख गर्दै कारबाही गर्न माग गरे।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार