Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद्‌मा ३३ प्रतिशत महिला कहिल्यै देख्न नपाइने भयो : सुशीला थिङ

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले पुरुष निर्णय गर्ने ठाउँमा हाबी हुँदा महिलाहरूले कार्यकारी भूमिका पाउन नसकेको टिप्पणी गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘‘३३ प्रतिशत महिना मन्त्रिपरिषद्मा कहिल्यै देख्न नपाइने भयो । सायद पुरुषहरू नै प्रमुखमा भएर होला । महिलाहरू मन्त्रीमा सिफारिस भएनन्,’ उनले भनिन् ।

आफैँलाई एक उदाहरणको पात्रको रूपमा प्रस्तुत गर्दै उनले भनिन्, ‘म कानुनमा स्नातक गरेको, समाजशास्त्रमा स्नातकोत्तर गरेको छु । तर कहिल्यै योग्य हुन सकिन ।’

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्