Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले दिए मन्त्रालयका सचिवलाई  चुट्दै शौचालयमा थुन्ने धम्की 

मंगलबार, साउन ८, २०८१

काठमाडौं– कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई पूर्वमुख्यमन्त्री केदार कार्कीले शौचालयमा थुनेर चुट्ने धम्की दिएको विषय सतहमा आएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गरी भट्टराईले दिएको उजुरीमा उक्त विषय उल्लेख रहेको छ। 

बिराटनगरमा भएको बिराट गोल्ड कपका लागि सरकारले दिने भनेको रकम निकाशा नभएपछि कार्कीले भट्टराईलाई धम्की दिएको बताइन्छ। केदार कार्कीको सरकार ढलेर एमालेका हिक्मत कार्कीको सरकार आएपछि उक्त रकम रोकिएको थियो। 

अर्थ मन्त्रालयले सहमति नदिएपछि रकम निकासा नभएको मन्त्रालयले जनाएको छ। सोही विषयमा सचिव भट्टराईले धम्की खाएको बताइन्छ। उनले प्रदेशका मुख्यसचिव केदारनाथ शर्मालाई पनि उजुरी बुझाएका छन्।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्