Nic Ad Nic Ad
Nic Ad Nic Ad

घट्यो कुखुराको मासुको मूल्य

मंगलबार, साउन ८, २०८१

काठमाडौँ - देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो । 

असारमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।

अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ ।

यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रुपैयाँ थियो । हाल दुई सय ५० रुपैयाँ मूल्य रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्