Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि हुँदै

मंगलबार, साउन ८, २०८१

काठमाडौँ - निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ ।

संसदीय सुनुवाइ समितिका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरवारमा राखिएको छ ।

गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषद्ले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २० र २१ गते प्रधानको संसदीय सुनुवाइ गर्ने सहितको कार्ययोजना तय गरेको थियो ।

तर, असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो । रोकिएको सुनुवाइ भोलि बुधबार हुन लागेको हो ।

प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समेत काँग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल चलेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्