Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीमा डीएसपीसहित ३ सय १२ जना प्रहरी कारवाहीमा

मंगलबार, साउन ८, २०८१

काठमाडौं– कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०-८१ मा प्रहरी मर्यादा विपरित र अवाञ्छित क्रियाकलाप गर्ने एक जना डीएसपी सहित ३ सय १२ जना प्रहरीहरूलाई कारवाही गरेको छ । 

विराटनगर स्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको आर्थिक वर्ष ०८०-८१ को वार्षिक प्रगति सार्वजनिकिकरण कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यक्रममा आर्थिक वर्ष ०८०-८१ मा ९ हजार ३ सय ८७ वटा मुद्दा दर्ता भएको र  बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ताको सङ्ख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजार ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो ।


कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको बताए ।

उनले सिटी सफारी सेवा भन्दा पनि व्यापार भएकाले यसलाई समयमा नियन्त्रण गर्न नसके ट्राफिक समस्या बन्न सक्ने बताए ।


कोशी प्रदेश प्रहरी कार्यालयले पेण्डिङ मुद्दाको अनुसन्धान कार्ययोजना बनाएर अघि बढेको र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षमा प्रहरीको सवारी साधनमा जिपिएस प्रणाली संचालन गर्ने बताइएको छ । 


 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्