Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रिमियरमा ‘डेडपुल एण्ड वुल्भरिन’ले पायो पोजेटिभ रिभ्यु

मंगलबार, साउन ८, २०८१

काठमाडौं- मार्वल सिनेम्याटिक युनिभर्सको बहुप्रतीक्षित फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’को वर्ल्ड प्रिमियर सोमबार अमेरिकाको न्युयोर्कमा गरिएको छ ।

प्रिमियरपछि फ्यानले यसलाई एमसीयूको अहिलेसम्मकै उत्कृष्ट फिल्म भएको प्रतिक्रिया दिएका छन् । यो फिल्म मार्वल स्टुडियोको पहिलो आर–रेटेड फिल्म हो । हलिउड रिपोर्टर म्यागजिनका अनुसार यसले विश्व बक्स अफिसमा १६५ मिलियन डलरको ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

क्रिटिक्सको रिभ्यु आउनुअघि नै दर्शकले सामाजिक सञ्जाल एक्समा फिल्मबारे प्रतिक्रिया दिइरहेका छन् । यसको अघिल्लो भाग हल र बक्स अफिसमा असफल भएको थियो भने यो फिल्मले एमसीयूलाई जोगाउने अपेक्षा गरिएको छ ।

यो फिल्म जुलाई २६ मा विश्वभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्