Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य

मंगलबार, साउन ८, २०८१

काठमाडौँ- भारतले नेपाललाई १७९ रनको लक्ष्य प्रस्तुत गरेको छ। महिला एसिया कपको समूहचरणको अन्तिम खेलमा भारतले निर्धारित ओ‌भरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको हो। 

टस जितेर ब्याटिङको गरेको भारतका लागि सफाली बर्माले ८१ रन बनाइन्। त्यस्तै दायालान हेमालाथाले ७ रन र सजिवन सजनाले १० रन बनाइन्। जेमिमा रोड्रीग्ययु २८ र रीचा घोस ६ रनमा अविजित रहिन्।

नेपालका लागि सीत राना मगरले २ विकेट लिइन् भने कविता जोशीले १ विकेट लिइन्। नेपालले युएईलाई हराउँदै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। सेमिफाइनल प्रवेशका लागि नेपालले भारतलाई १० ओ‌भरमा हराउनुपर्ने छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्