Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाउपाले लुम्बिनीमा पनि फेर्‍यो दलको नेता

मंगलबार, साउन ८, २०८१

 

काठमाडौँ- केन्द्रमा विवादित रहेको नागरिक उन्मुक्ति पार्टी लुम्बिनीमा पनि उस्तै गरी विवादमा तानिएको छ । अध्यक्ष रन्जिता चौधरी र संस्थापक रेशम चौधरीबीचको विवादले केन्द्रमा जस्तै लुम्बिनीमा पनि दलको नेता फेरेको छ ।

बुधबार सरकारमा जाने तयारी गरेका रन्जिता समूहका धर्मबहादुर चौधरीलाई दलको नेताबाट हटाएर रेशम चौधरी समूहका राजकुमार चौधरीलाई दलको नेता बनाइएको छ ।

लुम्बिनीमा ४ सांसद रहेको नाउपामा अहिले दुई जना रन्जिता र दुई जना रेशम समूहमा देखिएका छन् । रन्जिता समूहमा रहेका धर्मबहादुर चौधरी एमाले–कांग्रेस गठबन्धनको सरकारमा जाने तयारीमा थिए । बुधबार बिस्तार हुन लागेको मन्त्रीपरिषदमा उनले जाने जनाउ दिइसकेका थिए ।

नयाँ जिम्मेवारी पाएका दलका नेता राजकुमार चौधरीले प्रदेश सभा सचिवालयलाई आफ्नो पार्टीको निर्णयबारे जानकारी दिएको जनाएका छन् । नाउपाले दलको नेतासँगै प्रमुख सचेतक र सचेतक पनि फेरेको हो ।

यसअघि प्रमुख सचेतक रहेका राजकुमार चौधरी दलको नेता बनेपछि सो स्थानमा नरमाया ढकाललाई सचेतकमा निर्मलादेवी थारुलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्