Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण आज

बुधबार, साउन ९, २०८१

काठमाडौँ - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुने भएको छ । आज बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौँडामा हुने तय भएको हो ।  

मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र काँग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ । 

लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्