Nic Ad Nic Ad
Nic Ad Nic Ad

ई-स्पोर्ट्स संघको वार्षिक क्यालेण्डर सार्वजनिक

बुधबार, साउन ९, २०८१

काठमाडौँ - ई-स्पोर्टस् संघको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको छ । संघले पत्रकार सम्मेलनमार्फत आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो ।

कुनै पनि खेल र खेलाडीको विकास र प्रवर्द्धनको मुख्य आधार भनेकै सम्बन्धित खेलको व्यवस्थित क्यालेन्डर रहेको विषयलाई आत्मसात गर्दै चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारिएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

‘संघ स्थापनाको तेस्रो महिनामै कर्णाली प्रदेशको सुर्खेतको ई स्पोर्टसको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेर सातदोबाटोस्थित अन्तराष्ट्रिय स्पोर्टस कम्प्लेक्स परिसरमा संघको केन्द्रिय कार्यालय स्थापना गरेर सान्यालनमा ल्याईसकेका छौँ’, उनले भने, ‘ई स्पोर्टस संघको वार्षिक कार्यक्रममा ई स्पोर्टसको ग्रासरूट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीलाई समावेश गरेका छौ । निजी क्षेत्र, अन्तराष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला, प्रदेश स्तरका सरचनाले आयोजना गर्ने कार्यक्रमहरू यस क्यालेन्डरमा राखिएको छैन ।’

पछिल्लो एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, ई फुटबल लगायतलाई घरेलु प्रतियोगितामा प्राथमिकतामा राखिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न निजी तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने योजना बनाएको पनि संघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्