Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजदेखि काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान

बुधबार, साउन ९, २०८१

काठमाडौँ - सरकारले आजदेखि काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाले आजदेखि साउन १२ गतेसम्म खोप दिन लागेको हो ।

मन्त्रालयले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने जनाएको छ । नियमित खोप लगाएका बालबालिकाले पनि यो खोप अनिवार्य लिनुपर्ने बताइएको छ ।

काठमाडौँका ढलमा ‘भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३’ भेटिएपछि सरकारले विशेष खोप अभियान चलाएको हो । बागमती र टुकुचामा मिसिएको पानी परीक्षणमा उक्त भाइरस पुष्टि भएको हो ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्